शुक्रबार, भदौ ५, २०८३

झलनाथको पनि डकुमेन्ट ल्याएका छौं, सनाखत हुन्छ : जैरु

नवगठित नेकपा एकीकृत (समाजवादी) दलकी नेतृ निरादेवी जैरुले प्रतिगमनका विरुद्ध आफूहरू एकवद्ध भएको बताएकी छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नवगठित नेकपा एकीकृत (समाजवादी) दलकी नेतृ निरादेवी जैरुले प्रतिगमनका विरुद्ध आफूहरू एकवद्ध भएको बताएकी छन्। दल सनाखतका लागि बुधबार निर्वाचन आयोग पुगेरकी जैरुले नकारात्मक भावनाको दम्भलाई हराउन आफूहरू आयोग पुगेको बताइन्।

सनाखतका लागि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेताहरू आयोग पुगेका छन्। जैरुले दल सनाखतका लागि आफूहरूसँग पर्याप्त संख्या रहेको बताइन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरूले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रलाई आधार बनाइने बताएका छन्। जैरुले झलनाथ खनालको हस्ताक्षरसहितको डकुमेन्ट लिएर आएको बताइन्।

‘मान्छे बिरामी भएर बाहिर रहेको कुरालाई आयोगले बुझ्नेछ। झलनाथ खनालको हस्तारक्षणसहितको पूर्ण डकुमेन्ट हामीसँग छ,’ उनले भनिन्। उनले केपी ओलीको साथमा लागेका नेताहरूलाई पुस ५ र जेठ ८ मा साथ दिएर लोकतन्त्र र संविधानको रक्षामा काम गरेको भन्दै धन्यवाद व्यक्त गरेकी छन्। 

तर, अहिले ओलीलाई साथ दिएर उनीहरू फसिरहेको बताएकी छन्। ‘म उहाँहरूलाई फेरि एकीकृत समाजवादीमा फर्किन अनुरोध गर्छु। के उहाँहरूसँगको एक भेटमै प्रतिगम सच्चिएको हो र? उहाँहरूले बालुवा पेलेर तेल निस्किँदैन भन्ने बुझ्नुपर्छ,’ नेतृ जैरुले भनिन्।

प्रकाशित: Aug 25, 2021| 11:41 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...