शुक्रबार, भदौ ५, २०८३

दल दर्ताको सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा

नेकपा एमाले त्यागेर नेकपा एकीकृत (समाजवादी) दल गठनका लागि आवेदन दिएका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एमाले त्यागेर नेकपा एकीकृत (समाजवादी) दल गठनका लागि आवेदन दिएका नेताहरु निर्वाचन आयोग पुगेका छन्।

दल दर्ताका लागि दिएको आवेदनमा उल्लेख भएका केन्द्रीय सदस्य तथा सांसदहरुलाई सनाखतका लागि बोलाएपछि उनीहरु आयोग पुगेका हुन्। 

सनाखतका लागि प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू आयोग पुगेका छन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्र र मतदाता परिचयपत्रलाई आधार बनाइने बताएका छन्। 

सांसदहरुको हकमा भने संघीय संसद्बाट जारी परिचयपत्र लिएर उपस्थित हुनुपर्ने छ। निवेदनमा उल्लेख भएका व्यक्ति आफैं उपस्थित हुनुपर्ने आयोगले जनाएको छ।

यसैबीच, चार जना सांसदको भने सनाखत नहुने भएको छ। एमाले परित्याग गरी नयाँ पार्टीमा जान निवेदन दिए पनि दल दर्ताको निवेदनमा हस्ताक्षर समावेश नभएको भन्दै आयोगले सनाखत उनीहरुको नगर्ने निर्णय गरेको हो। 

प्रतिनिधिसभाका झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया न्यौपाने र राष्ट्रियसभाका शारदा भट्टको सनाखत नहुने आयोगले बताएको छ। माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीमा आउन नाम समावेश भएको तर हस्ताक्षर नभएका कारण खनाल र भट्टलाई आयोगले सनाखत नगर्ने भएको हो। यस्तै, नयाँ पार्टीमा जान आयोगमा निवेदन दिएका पाण्डे र न्यौपानेको पनि सनाखत नहुने आयोगका प्रवक्ता श्रेष्ठले बताए। 


प्रकाशित: Aug 25, 2021| 11:28 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...