शुक्रबार, भदौ ५, २०८३

झलनाथ खनालसाहित चार सांसदको सनाखत नहुने

प्रतिनिधिसभाका सदस्यहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया न्यौपाने र राष्ट्रियसभाका शारदा भट्टको सनाखत नहुने आयोगका अधिकारी बताउँछन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा जान चाहने चार सांसदको सनाखत नगर्ने भएको छ। एमाले परित्याग गरी नयाँ पार्टीमा जान निवेदन दिए पनि दल दर्ताको निवेदनमा हस्ताक्षर समावेश नभएको भन्दै आयोगले सनाखत नगर्ने निर्णय गरेको हो। 

प्रतिनिधिसभाका झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया न्यौपाने र राष्ट्रियसभाका शारदा भट्टको सनाखत नहुने आयोगका अधिकारी बताउँछन्। माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीमा आउन नाम समावेश भएको तर हस्ताक्षर नभएका कारण खनाल र भट्टलाई आयोगले सनाखत नगर्ने भएको हो। यस्तै, नयाँ पार्टीमा जाने आयोगमा मंगलबार निवेदन दिएका पाण्डे र न्यौपानेको पनि सनाखत नहुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। 

एमालेमा रहेका ३१ सांसद र ५८ केन्द्रीय सदस्य समेटेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न निवेदन दिइएको थियो। हस्ताक्षर नभएका कारण २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत गराउन लागिएको हो। संघीय संसद्का ३१ मध्ये शारदादेवी भट्ट र शान्तिकुमारी अधिकारी जीसीको हस्ताक्षर थिएन। त्यसैले आयोगले २९ जना सांसदको मात्रै सनाखत गराउन लागेको हो। नयाँ पार्टीको केन्द्रीय सदस्यको मान्यता पाउन सनाखत नभएपछि उनीहरू एमालेकै सांसद भएको मानिनेछ । एमालेले कारबाही गरेमा उनीहरूको सांसद पद गुम्न सक्छ। 

प्रकाशित: Aug 25, 2021| 11:08 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...