शुक्रबार, भदौ ५, २०८३

एमाले अध्यक्ष ओलीको ११ बजे विशेष पत्रकार सम्मेलन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट पार्न ओलीले बुधबार बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन्।

ओलीको सचिवालयका अनुसार स्थायी कमिटी बैठकका निर्णय बारे प्रष्ट पारिनुका साथै समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्। विशेष पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको समेत उपस्थिति रहने जनाइएको छ।

बुधबार माधवकुमार नेपालको साथ छाडेका एमाले नेताहरू समेत सहभागी बैठकले पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको थियो।

प्रकाशित: Aug 25, 2021| 08:30 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...