शुक्रबार, भदौ ५, २०८३

अहिलेको शासन प्रणाली मुलुकले धान्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन्। 

विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनबादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरबशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने दाबी गरे।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पूनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्द्धनवाद भएको बताए। मंगलबार राप्रपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा निशेधको राजनितीबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको बताएका थिए।

'कांग्रेस र कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको हो। मुलुकको आवश्यता अनुसार राज्य व्यवस्था लागू गर्दा दीगो र टिकाउ हुन्छ', उनले भने।

प्रकाशित: Aug 25, 2021| 07:25 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...