शुक्रबार, भदौ ५, २०८३

माओवादी केन्द्र प्रवक्ताको जिम्मेवारी महरालाई

यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ। सभामुखबाट राजीनामा दिएपछि पार्टीमा पनि उनको सक्रियता घटेको थियो।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पूर्वसभामुख कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। माओवादी केन्द्रको कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो। 

यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ।

सभामुखबाट राजीनामा दिएपछि पार्टीमा पनि उनको सक्रियता घटेको थियो।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले भने संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। 

नारायण शर्मा प्राध्यापक सम्बद्ध संगठनहरुको इञ्चार्ज बनाइएका छन् भने केन्द्रीय कार्यालय ईञ्चार्ज वर्षमान पुन बनेका छन्। 

प्रकाशित: Aug 24, 2021| 23:50 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...