शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म

नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। 

यस्तै असोज ५ र ६ गते विधान महाधिवेशन समेत गर्ने एमालेको बैठकको निर्णय छ। 

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै तह तथा कमिटीहरूलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ।

'१० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्न पार्टीका सबै तह र पदाधिकारी सबै निकायलाई जेठ २ कै अवस्थामा फर्काउने निर्णय भएको छ,' प्रवक्ता ज्ञवालीले भने। 

बैठकमा यसअघि माधव कुमार नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी थिए। बैठकले केन्द्रीय निकाय र विभागलाई पूर्णता दिनका लागि सुझाव दिन कार्यदलसमेत गठन गरेको छ। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र लेखराज भट्ट छन्। 

प्रकाशित: Aug 24, 2021| 18:33 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...