शुक्रबार, भदौ ५, २०८३

सभामुखमाथि खनियो एमाले

आफूहरूले कारबाहीका लागि सिफारिस गरेका १४ जनालाई कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्नि सापकोटामाथि खनिएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- आफूहरूले कारबाहीका लागि सिफारिस गरेका १४ जनालाई कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्नि सापकोटामाथि खनिएको छ। मंगलबारको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता प्रदीप ज्ञवाली सभामुखमाथि खनिएका हुन्।

'कि उहाँले भन्नुपरो म सभामुख होइन भनेर। हिजोको माओवादीको कार्यकर्ता मात्र हुँ भन्नु परो। कानुनले नचिन्ने, नमान्ने क्रियाकलाप गरिरहनु भएको छ,' ज्ञवालीले भने, 'यो सरकार र सभामुखका क्रियाकलाप एमालेविरुद्ध छन्। त्यसलाई एमाले सामना गर्छ, गर्दै आएको पनि छ। तर सभामुखका क्रियाकलापले लोकतन्त्रमाथि नै प्रहार गर्छ।' 

सभामुखले आफूहरुको सिफारिस कार्यान्वयन गरेको भन्दै उनले एमालेका लागि एक प्रकृतिको कानुन र एमालेबाहेकका लागि अर्कै प्रकृतिको कानुन लागू गरिएको भन्दै सभामुखप्रति रोष प्रकट गरेका थिए। 

प्रकाशित: Aug 24, 2021| 18:26 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...