शुक्रबार, भदौ ५, २०८३

एमालेलाई जेठ २ कै अवस्थामा फर्काउने स्थायी कमिटीको निर्णय

मंगलबारको बैठकले पार्टीको विवाद समाधानका लागि तयार पारिएको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै तह तथा कमिटीहरूलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ।

मंगलबारको बैठकले पार्टीको विवाद समाधानका लागि तयार पारिएको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो। 

'१० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्न पार्टीका सबै तह र पदाधिकारी सबै निकायलाई जेठ २ कै अवस्थामा फर्काउने निर्णय भएको छ,' प्रवक्ता ज्ञवालीले भने। 

यस्तै बैठकले केन्द्रीय निकाय र विभागलाई पूर्णता दिनका लागि सुझाव दिन कार्यदलसमेत गठन गरेको छ। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन्। 

प्रकाशित: Aug 24, 2021| 18:16 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...