शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मुख्यमन्त्री केसीको विश्वासको मत प्रक्रिया हास्यास्पद नाटक मञ्चन : एमाले

मुख्यमन्त्री केसीको विश्वासको मत प्रक्रिया हास्यास्पद नाटक मञ्चन : एमाले

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले लिएको विश्वासको मतलाई नेकपा एमालेले हास्यास्पद नाटक मञ्चनको संज्ञा दिँदै अवैधानिक भएको बताएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले लिएको विश्वासको मतलाई नेकपा एमालेले हास्यास्पद नाटक मञ्चनको संज्ञा दिँदै अवैधानिक भएको बताएको छ।

प्रमुख प्रतिपक्षी दललाई बेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गराएकाले सभामुखले समेत पदको गरिमा मर्यादा कायम गर्न नसकेको आरोप एमालेको छ। 

'भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत लिएको हास्यास्पद समाचार बाहिर आएको छ,' एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'प्रतिपक्षले बहिष्कार गरेर खाली भएको प्रदेशसभामा सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको छ। यो सरकार अवैधानिक, असंसदीय र लोकतन्त्रविरोधी छ भन्ने कुरा पुनः पुष्टि भएको छ।'


नियमावली उल्लंघन गरेर केसीले विश्वासको मत लिएको समेत एमालेको आरोप छ। 'प्रदेश सभा सदस्यलाई थाहा नै नदिई नियमावली उल्लंघन गरी प्रमुख प्रतिपक्षको मागलाई वेवास्ता गर्दै एक्लै दौडेर पहिलो हुने सोच अनुसार भएका क्रियाकलाप एमालेलाई कदापि स्वीकार्य हुन सक्दैन,' एमालेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। 

आफूहरुले उठाएको माग पूरा नभएसम्म प्रदेश सभाको बैठक अवरुद्ध गर्ने आन्दोलन निरन्तर जारी राख्ने ढकालले बताए। सूर्य चिन्हबाट चुनाव जितेका नवलपरासीका अजय शाही र दाङकी विमलाकुमारी खत्री वलीलाई कारबाही गर्नुपर्ने एमालेको माग छ। 

यस्तो छ एमालेको विज्ञप्ति

प्रकाशित: Aug 24, 2021| 17:32 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...