शुक्रबार, भदौ ५, २०८३

अब अष्टलक्ष्मी कता?

अध्यक्ष ओलीले एमाले स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्। यस्तै अध्यक्ष नेपालले त शाक्य आफ्नै प्रस्तावमा मुख्यमन्त्री बनाएको दाबी गरेका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अब कसलाई समर्थन गर्ने भन्ने अन्योलमा परेकी छन्। बागमती प्रदेशकी मुख्यमन्त्री बनाइएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (समाजवादी एकीकृत) का अध्यक्ष माधवकुमार नेपालले जस लिन खोजेपछि उनी अन्योलमा परेकी हुन्। अध्यक्ष ओलीले एमाले स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्।

यस्तै अध्यक्ष नेपालले त शाक्य आफ्नै प्रस्तावमा मुख्यमन्त्री बनाएको दाबी गरेका छन्। नेपालले अष्टलक्ष्मी शाक्य अप्ठेरोमा परेको बताए पनि ओलीले भने यसबारे केही भनेका छैनन्। नेपालले भने, ‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ।’ पार्टी दर्ता भएको २१ दिनभित्र शाक्यलाई पार्टी रोज्ने अधिकार हुन्छ। 

एमालेका एक नेताले भने, ‘अब शाक्यले दुईमध्ये एउटा दल रोज्नुपर्छ। उहाँ अहिले अप्ठ्यारोमा हुनुहुन्छ।’ 
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा मंगलबार सुरु भएको एमाले स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले मुख्यमन्त्री भएकोमा शाक्यलाई बधाई दिएका हुन्। बैठकमा सहभागी एक नेताले ओलीलाई उधृत गर्दै भने, संघीय गणतन्त्र नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नु भएकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई दिन्छु।’ 

एमालेका एक नेताले भने, ‘अब शाक्यले दुईमध्ये एउटा दल रोज्नुपर्छ। उहाँ अहिले अप्ठ्यारोमा हुनुहुन्छ।’ 

बैठकमा एमालेका अध्यक्ष केपी ओलीसँग असहमति जनाएर माधवकुमार नेपाल समूहमा लागेका १० जना स्थायी कमिटी सदस्य सहभागी भएका छन्। उनीहरू लामो समयपछि बैठकमा सहभागी भएका हुन्।

नेपालको साथ छाडेर मूलधारमा फर्किनेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। नेपालले नयाँ पार्टी दर्ताका लागि आयोगमा आवेदन दिँदा उनीहरुले साथ दिएका थिएनन्। नेपाल समूहले सोमबार आयोजना गरेको ‘चन्द्रागिरी नाइटआउट’ मा पनि उनीहरु सहभागी भएनन्। 

प्रकाशित: Aug 24, 2021| 17:23 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...