शुक्रबार, भदौ ५, २०८३

यी हुन् एमाले बैठकमा अनुपस्थित चार स्थायी कमिटी सदस्य

पहिलेको स्थायी कमिटीमा रहेका चार सदस्य मात्र अनुपस्थित छन्। अनुपस्थित हुनेमा माधवकुमार नेपाल, वामदेव गौतम, वेदुराम भुसाल र मुकुन्द न्यौपाने छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको जारी छ। बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित छन्। पहिलेको स्थायी कमिटीमा रहेका चार सदस्य मात्र अनुपस्थित छन्। अनुपस्थित हुनेमा  माधवकुमार नेपाल, वामदेव गौतम, वेदुराम भुसाल र मुकुन्द न्यौपाने छन्। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, भुसाल र न्यौपाने काठमाडौंको चन्द्रागिरिमा जारी भेलामा सहभागी छन्। गौतम भने अहिलेसम्म कतै पनि खुलेका छैनन्।

ओलीसँग असहमति जनाएर माधवकुमार नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यहरु औपचारिक रुपमै ओलीतिर फर्किएका छन्।

मंगलबार दिउँसो च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटी बैठकमा उनीहरू सहभागी भएका छन्। नेपाल नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएर आधिकारिकताको पर्खाइमा रहेका बेला उनीनिकट रहँदै आएका १० जना स्थायी कमिटी सदस्य ओलीतिरै फर्किएका हुन्।  

नेपालको साथ छाडेर मूलधारमै फर्किनेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। नेपालले नयाँ पार्टी दर्ताका लागि आयोगमा आवेदन दिँदा उनीहरुले साथ दिएका थिएनन्। नेपाल समूहले सोमबार आयोजना गरेको ‘चन्द्रागिरी नाइटआउट’ मा पनि उनीहरु सहभागी भएनन्। 

प्रकाशित: Aug 24, 2021| 17:20 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...