आइतबार, असार २८, २०८३

लागूऔषधको आशंकामा एक पक्राउ

लागु औषध लुकाई लैजान लागेको आशंकामा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- लागु औषध लुकाई लैजान लागेको आशंकामा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ। त्रि.अ.वि.को अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा चेक गर्ने क्रममा गाँजा जस्तो देखिने लागुऔषधको आशंकामा  प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा चितवन खैरेनी १० का २९ वर्षीय बुद्धी राज पठक रहेका छन्। कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेका वेला उनको लगेजबाट ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदक औषधी उद्योग गोकर्नेश्‍वर- १, काठमाण्डौं लेखिएको सिल गरेको बट्टाहरु भित्र लागू औषध गाँजा जस्तो देखिने वस्तु जम्मा आठ सय ग्राम लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बुद्धि राज पठकलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध नियन्त्रण व्यूरो, कोटेश्‍वरबाट यस त्रि.अ.वि.मा खटिएका प्रहरी टोलीलाई बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।