सोमबार, फागुन १८, २०८२

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका मेयर वड अस्पताल भर्ना

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनको अहिले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। मेयर वडसँगै अस्पतालमा रहेका कांग्रेस कैलालीका नेता अमृत बिसीले प्रेसर बढ्नुका साथै टाउकोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

उनले सोमबार बिहान ७ बजे अस्पताल भर्ना गरिएकोमा अहिले स्वास्थ्यवस्था सुधारोन्मुख रहेको बताए।

नगर प्रमुख वड एक कार्यक्रमका लागि बर्दिया गएका थिए। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो।

प्रकाशित: Aug 24, 2021| 12:40 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।