मंगलबार, असोज २०, २०८३

के हो सेक्स फोबिया?

सबै मानिस कुनै न कुनै चिजसँग डराउने गर्छन्। हामीबीचमा यस्ता मानिस पनि हुन्छन्, जो यौनजन्य गतिविधिसँग डराउने गर्छन्। सेक्ससँग मानिस किन डराउलान् पनि लाग्न सक्छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

सबै मानिस कुनै न कुनै चिजसँग डराउने गर्छन्। हामीबीचमा यस्ता मानिस पनि हुन्छन्, जो यौनजन्य गतिविधिसँग डराउने गर्छन्। सेक्ससँग मानिस किन डराउलान् पनि लाग्न सक्छ।

यौन फोबिया भएका मानिसहरू शारीरिक सम्बन्धसँग डराउने गर्छन्। फोबियाको कारण कुनै धार्मिक वा सामाजिक कारण हुनसक्छ। यौन शोषण, प्रदर्शनको चिन्ता वा अन्य कुनै घातक कारण पनि हुनसक्छ। यी सबै गम्भीर अवस्था हुन्। यो समस्याबाट छुटकारा पाउनका लागि चिकित्सकीय परामर्श लिनुपर्छ। तर, पूर्ण रूपमा ठिक हुने भने ग्यारेन्टि हुँदैन।

एरोटोफोबिया

एरोटोफोबिया मूल रूपमा सेक्ससँग सम्बन्धित कुनै बस्तु, कार्य वा व्यक्तिको डर हो। यस फोबियाबाट पीडित मानिस सेक्स वा प्रकृतिमा रहेका कुनै पनि यौनसँग सम्बन्धित विषयमा कुरा गर्न डराउने गर्छन्। यस्तो समस्या भएका मानिस यौनका कुरा गर्न असहज महशुस गर्छन्। उनीहरूलाई सेक्सबारे कुरा गर्नु निकै असज काम जस्तो लाग्नेगर्छ।

जेनोफोबिया

यो सम्भोगको शारीरिक तथा मनोवैज्ञानिक डर हो। यस डरका कारण महिला तथा पुरुष अन्तरंग हुन डराउँछन्। यस्ता मानिस चुम्बन तथा एक अर्कासँग मित्रता मात्रै कायम गर्छन्। उनीहरूलाई यौन सम्बन्धसँग डर लाग्छ।

जम्नोफबिया

यो फोबियाबाट पीडित मानिसलाई नग्नतासँग डर लाग्छ। यो समस्या भएका मानिस कसैलाई नाङ्‍गो देख्दा वा आफूलाई कसैले नाङ्‍गो देख्दा डराउने गर्छन्। यस्तो समस्या भएका मानिसहरू पार्टनरले आफूलाई नग्न देख्नु निकै गलत हुने ठान्छन्। त्यसैले उनीहरू या त अध्यारोमा सेक्स गर्छन्। या सेक्स नै गर्न रुचाउँदैनन्।

हाफेफोबिया 

यसलाई चराप्टोफोबियाको रुपमा पनि चिनिन्छ। यो समस्या भएका मानिसमा शरीरका कुनै पनि अंग छोइने डरमा हुन्छन्। यो समस्या भएका मानिस सार्वजनिक रुपमा काँधमाथि काँध मिलाएर ब्रस गर्न पनि डराउने गर्छन्। उनीहरूलाई भीडभाड हुने क्षेत्रमा जान पनि निकै डर लाग्नेगर्छ।

फिलेमाफबिया

यो एक प्रकारको चुम्बनसँग डराउने समस्या हो। यसको प्रमुख कारण भनेको किटाणु सर्ने डर। यस्ता मानिस सेक्स गर्दा पनि चुम्मन गर्नबाट जोगिन खोज्छन्। उनीहरूलाई सेक्स गर्न कुनै असहज नहुने भए पनि चुम्मन गर्न भने निकै असहज महशुस गर्छन्। - दैनिक भास्करबाट

प्रकाशित: Aug 24, 2021| 12:26 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।