शनिबार, मंसिर १३, २०८२

किशोरीको बलात्कारपछि हत्या आरोपमा एक जना पक्राउ

कास्कीको मादी गाउँपालिका मकैखोलाकी एक किशोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

पोखरा- कास्कीको मादी गाउँपालिका मकैखोलाकी एक किशोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-६ चालिसेका मोटे भन्ने रामबहादुर थापालाई पक्राउ गरेको हो।

National life

उनको वास्तविक नाम भने खड्कबहादुर खवास रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए। फरार रहेका उनलाई १३ महिनापछि प्रहरीले पक्राउ गरेको हो।

अभिभावक बिहीन भएको अवस्थामा उनलाई कोपिला नेपाल नामक एक गैरसरकारी संस्थाले आश्रय दिएको थियो। सो समयमा उनी मानसिक रुपमा कमजोर थिइन्। केही वर्ष उक्त संस्थामा बसेर उनी मावलीतर्फको हजुरआमासँगै बस्दै आएकी थिइन्। 

गाउँमा विद्यालय निर्माणको काम गर्न आएका खड्बहादुरसँग उनको सम्बन्ध नजिकिएको थियो। प्रहरीलाई दिएको बयानमा उनले आफूहरूको सम्बन्ध नजिकिएको र विवाह गर्न दवाव दिएपछि उनकै सलले घाँटी कसेर हत्या गरेको बताएका थिए।

२०७७ साल असार १५ गते घरबाट हराएकी कोपिलाको शव असार २५ गते कुहिएको अवस्थामा फेला परेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 24, 2021| 10:14 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।