चितवन- चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ। करिब ८ देखि १० वर्षको गैंडा दलदल तथा भासिमा परि मरेको हुनसक्ने अनुमान गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले निकुन्जको पश्चिमी सेक्टर मातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको दक्षिण किनारको भास क्षेत्रमा गैंडा फेला परेको बताएका छन्।
उक्त गैडाको खाग, खुरलगायत अंग सुरक्षित रहेको उनले बताए। चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षमा योसँगै ७ गैडाको मृत्यु भएको भएको छ। मृत्यु भएका मध्ये एक चोरी सिकार र अन्य ६ प्राकृतिक कारण रहेको छ।