आइतबार, साउन २४, २०८३

'हर्स वुमन' आयाला क्रिस्टिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

प्रत्येक मानिसका केही न केही प्रतिभा लुकेर रहेको हुन्छ। त्यही प्रतिभाले मानिसलाई चिनाउँछ। यस्तै फरक प्रतिभा भएकी एक महिला हुन् नर्वेकी आयला क्रिस्टिन। क्रिस्टिन सामाजिक संजालमा ‘हर्स वुमन’ को नामले चर्चा कमाइरहेकी छिन्। उनी घोडाको चालमा हिड्न मात्र होइन दौडिन पनि सक्छिन्। उनको यो अनौठो प्रतिभालाई सबैले मन पराएका छन्। 

आयला क्रिस्टिनले आफ्नो इन्स्टाग्राम अकाउन्ट खोलेको ३ हप्तामै लोकप्रियता कमाएकी छन् भने अन्य सामाजिक सञ्जालमासमेत उनको लोकप्रियता चुलिँदो छ। उनका भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सेयर गर्दै हर्स वुमनको नाम दिएका छन्। 

उनले ४ वर्षको उमेर देखि नै यस्तो प्रकारको कार्य गर्दै आएकी थिइन्। क्रिस्टिनका अनुसार उनी सानोमा भने कुकुर जसरी हिड्ने गर्थिन्। सानोमा उनलाई कुकुरसँगै बस्न मन लाग्ने र उनीहरू जसरी नै हिड्न कुद्न मन लाग्ने गथ्र्यो। क्रिस्टिनले यसरी हिड्दा, दौड्दा कुनै दुखाई र असहज नहुने बताइन्।

यस्‍तो छ भिडियो
 

Niemand:

Absolut Niemand:

Pferdemädchen: pic.twitter.com/IzaNAN2b0W

— Cherno (@yChernno) May 14, 2019
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।