काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् । मंगलबार बसेको कार्यसमिती बैठकले नेम्वाङलाई मनोनित भएसँगे वरिष्ठ उपाध्यक्षमा दाबेदारी दिएका विरबहादुर खड्काले बैठक बहिस्कार गरेका थिए ।
बहुमतको आधारमा नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरे पनि विरबहादुर खड्कासहित ३ सदस्यले बैठक बहिस्कार गरेका थिए । खड्कासहित पूर्ण मान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् ।
यसअघि गत साउन २९ गते चितवनको विशेष साधारण सभाबाट विधान परिमार्जन गरी पारित गरिएको थियो । तर मंगलबार बसेको एन्फा कार्यसमिति बैठकमा उपाध्यक्ष खड्काले लामोसमय बित्दा पनि विधानमा राष्ट्रिय खेलकुद परिषद्को छाप नरहेकाले वैधानिक विधान उपलब्ध गराउन माग गर्दै बैठक बहिस्कार गरेका हुन् ।
यसअघि एन्फाले नयाँ नेतृत्वको निर्वाचन भएको एक बर्ष बितिसक्दा समेत वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न सकेको थिएन । एन्फा निर्वाचनमा चार उपाध्यक्ष निर्वाचित भएका थिए ।
जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिहले ५८ मत र कृष्ण थापाले ५२ मत ल्याएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४