शनिबार, चैत २८, २०८२

घरेलु मैदानमा तीन अंक खोस्ने मनाङको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – नेपाली लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दी बुधबार घरेलु मैदानमा हुने खेलमा तीन अंक खोस्ने लक्ष्यका साथ मैदानमा उत्रिने मुख्य प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन्। हालसम्म तीन खेल खेल्दा जित बिहिन भएको मनाङले पहिलो जित निकाल्नेमा विश्वस्त रहेको प्रशिक्षक छिरिङले बताएका हुन्। 

यस अघि मनाङले भारतीय क्लब मिनर्वा पन्जावसँग उसैको घरेलु मैदानमा २–२ को बराबरी खेलेको थियो। एएफसी कप अन्तर्गत दोस्रो होम गेमको रुपमा मनाङले बुधबार भारतीय लिग च्याम्पियन पन्जावसँग खेल्दैछ। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपरान्ह तीन बजे सुरु हुनेछ।

‘हामी खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिदै छौ। यश खेलमा पहिलेको कमजोरी सुधार गर्दै राम्रो खेल्ने योजना छ,’ प्रशिक्षक छिरिङले भने। प्रशिक्षक छिरिङले पन्जावविरुद्धको खेलमा केहि परिवर्तन हुनेसमेत बताए। 

पन्जावसँगको खेलअघि कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा तीन अंकको लागि मैदान उत्रने बताए। ‘हामी आफ्नै कमजोरीको कारण अघिल्ला तीन खेलमा पछि परेका थियौ। तर, हामी बुधबारको खेलमा ३ अंकको लागि खेल्ने छौं,’ कप्तान विराजले भने, ‘अब आउने तीनै खेल महत्त्वपूर्ण अर्को चरणका लागि महत्त्वपूर्ण छ। हामीलाई आशा पनि छ। खेलाडीमा धेरै तनाव छैन’ कप्तान विराजले थपे, ‘हाम्रा खेलाडीमा आत्मविश्वासि छन्।’ 

समूह ‘ई’ मा रहेको मनाङ समूहको पुछारमा रहेको छ। मनाङले ३ खेलमा १ अंक जोडेको छ। मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।