शनिबार, साउन २३, २०८३

लिग च्याम्पियन युभेन्ट्स रोमासँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- लिग च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा रोमासाग पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स रोमासँग २-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा रोमालाई जित दिलाउन एलसान्ड्रो फ्लोरेन्जी र इडेन डेज्कोले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा रोमाले दुबै गोल गरेको थियो । 

खेलको ७९ औं मिनेटमा फ्लोरेन्जीले गोल गर्दै रोमालाई घरेलु मैदानमा सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा डेज्कोले गोल गर्दै रोमालाई २-० को जित दिलाए । लिगको उपाधि भने युभेन्ट्सले यसअघि नै जितिसकेको छ । 

यो हारसँगै युभेन्ट्सले शीर्ष स्थानमा ३६ खेलबाट ८९ अंक जोडेको छ । जितपछि रोमाले ३६ खेलबाट ६१ अंक जोडेको छ । रोमा छैटौं स्थानमा छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।