शुक्रबार, कात्तिक २८, २०८२

दीपाश्रीको जन्मदिनमा दीपकले लेखे यस्ता शब्द

चर्चित कलाकार दीपाश्री निरौलाको आज जन्मदिन परेको छ। लोकप्रिय अभिनेत्री तथा निर्देशक निरौलालाई थुप्रैले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– चर्चित कलाकार दीपाश्री निरौलाको आज जन्मदिन परेको छ। लोकप्रिय अभिनेत्री तथा निर्देशक निरौलालाई थुप्रैले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन्।

National life

उनलाई कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन्। सोमबार बिहान फेसबुकमा दीपाश्रीसँगको तस्बिर शेयर गर्दै दीपकले उनलाई जन्मदिनको शुभकाना दिएका हुन्। शुभकामना दिँदै उनले दीपाश्रीलाई ईश्वरले आशीर्वादको रूपमा आफ्नो साथी बनाएर पठाएको बताएका छन्।

यस्तो छ गिरीको स्टाटस

३० वर्षअघिको कुरा हो।

म हरेक दिन रेडियो नेपाल जान्थें, नाटक खेल्न।

Laxmi sunrise bank
kumari

खुट्टामा चप्पल हुन्थ्यो, शरिरमा झुत्रे लुगा, तर आँखामा मीठो सपना थियो।

मिहेनत धेरै गरेँ, संघर्ष धेरै भयो, तर सफलता अझै टाढा थियो।

हरेक दिन संघर्षसँगै ईश्वरसँग प्राथना गरिरहन्थेँ।

न मेहनत काम लागिरहेको थियो, न प्रार्थना।

त्यहि समय रेडियो नेपालमा एकदिन उनीसँग मेरो भेट भयो।

त्यो भेट बिस्तारै सहकार्यमा बदलियो।

‘राम बिलास धनियाँ’ ५ वर्ष , ‘तीतो सत्य’ १२ वर्ष, विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु।

मैले ईश्वरसँग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ, तर ईश्वरले आशीर्वादको रूपमा उनलाई मेरो साथी बनाएर पठाएको पत्तै भएन।

उनी एउटा यस्तो साथी, जो अरूको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छ, जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिञ्जडामा थुन्न सक्छ।

अरूकै लागि हाँस्न सक्ने,अरूकै लागि बाँच्न सक्ने, कसैको आँशु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो।

जसले जे भनोस्, उनी संसारकै सबैभन्दा जाती छिन्।

मेरो एउटा साथी छिन्, जो सबैभन्दा माथि छिन्।

तिमीलाई जन्मदिनको लाखौं, करोडौं, अरबौं, खरबौं शुभकामना

प्रिय साथी दीपा।

प्रकाशित: Aug 23, 2021| 09:32 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्