शुक्रबार, चैत २७, २०८२

श्रेयस र धवनको अर्धसतकमा दिल्ली विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कप्तान श्रेयस अयर र शिखर धवनको अर्धसतकमा दिल्ली क्यापिटल्स विजयी भएको छ । शनिबार राती भएको रोमाञ्चक खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलेलाई ५ विकटले पराजित गरेको हो । 

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेको प्रपर्दशन पनि उत्कृष्ट रहेको थियो । सन्दीपले उक्त खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । 

पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा मात्र ५ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । दिल्लीको जितमा कप्तान श्रेयस आयरले अविजित ५८ रनको अर्धसतकीय पाी खेले । 

उनले ४९ बल खेल्दै ५ चौका र एक छक्क्का प्रहार गरेका थिए । त्यस्तै धवनले ५६ रनको महत्वपूर्ण पारी खेले । उनले ४१  बलको सामना गर्दै ७ चौका र एक छक्काको मद्दतमा ५६ रन जोडे ।  कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभर ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले पनि टोलीका जितका लागि प्रयाप्त भएन् । 

उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन जोडेका हुन् । त्यस्तै मन्दिप सिंहले ३०, हरप्रित बरारले २०, रविचन्द्र आसिवनले १६ र केएल राहुलले १२ जोडे । पन्जाबविरुद्ध सन्दीपले चार ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । 

यस्तै कागीसो राबडा र अक्षर पटेलले २-२ विकेट लिए । दिल्लीले १० खेलमा १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । पराजित पन्जाब १० खेलबाट १० अंक सहित चौथो स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।