शुक्रबार, चैत २७, २०८२

एपिएफका दुवै जोडी मिश्रित युगल फाईनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
नेपालगञ्ज- नेपाल एपिएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन् । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गरेका हुन् ।

श्रेष्ठ र धामीको जोडीले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९ र २१-११ ले तथा गुरुङ्ख र कठायतको जोडीले आर्मीकै अनुमाया राई र रत्नजित तामाङ्खको जोडीलाई १०-२१, २१-१९, २१ १७ ले पराजित गरेको हो ।
 
यस्तै पुरुष एकल तर्फ आर्मीका रत्नजित तामाङ्खले एपिएफका दिपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । रत्नजितले सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१-११, २१-९ ले पराजित गर्दै धामीसँगको भेट पक्का गरेका हुन् । धामीले प्रदेश १ का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१-११, २१-१५ ले पाखा लगाए ।

महिला एकलको फाईनलमा आर्मीका दुवै खेलाडी नङ्खशल देवी तामाङ्ख र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो सेमिफाईनलमा नङ्खशलले प्रदेश १ की सिता राईलाई २१-१७, २१-९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-१७, २१-१८ ले हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
 
पुरुष जोडी तर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१-१३, २१-१२ ले पराजित गरेको हो । यसै गरि महिला युगल तर्फ पनि सेना र एपिएफकै भिडन्त हुने भएको छ ।

 सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजवंशीको जोडी माथि २१-१२, २१-१८ ले पराजित गरको हो । पुजा र जेशिकाको जोडीले आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१-१६, २१-१८ ले पन्छाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।