बुधबार, साउन २०, २०८३

भलिबल : विभागीय टिम र प्रदेश ३ विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम आर्मी , एपीएफ क्लब र प्रदेश नं. ३ विजयी भएका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा शुक्रबार भएको भलिबलतर्फको समूह ए मा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको छ । 

पहिलो सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । आर्मीले पहिलो सेट २२-२५ ले गुमाएको थियो । त्यसपछि २५-१८, २५-२१ र २५-१४ को सेटमा गण्डकी प्रदेशलाई पराजित गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै, समूह बी को खेलमा एपीएफ क्लबले प्रवेश पाँचलाई सोझो सेटमा पराजित गरेको छ । एपीएफले प्रदेश पाँचलाई २५-९, २५-७ र २५-१३ को स्कोरमा पराजित गरेको हो ।
आजै भएको महिलातर्फको खेलमा समूह ए को एपीएफ क्लबले प्रदेश १ लाई सोझो सेटमा हराउन सफल भयो । 

एपीएफले २५-४, २५-९ र २५-१० को सेटमा पराजित गरेको हो । त्यस्तै, महिलातर्फकै समूह बी को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई सोझो सेटमा पराजित गरेको छ । प्रदेश तीनले प्रदेश दुई लाई २५-९, २५-७ र २५-१३ को सेटमा पराजित गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।