शुक्रबार, चैत २७, २०८२

आइपिएल : दिल्ली मुम्बईसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजति भएको छ । बिहिबार भएको खेलमा दिल्ली मुम्बईसँग ४० रनले पराजित भएको हो ।

मुम्बईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय २८ रन बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोडे पनि दिल्लीको जितका लागि प्रयाप्त भएन । 

उनले २२ बलमा पाँच चौका र एक ५छक्का प्रहार गरेका थिए । त्यस्तै अक्षर पटेलले २३ बलमा एक चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाए । पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारत २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोडे । उनले २६ बलमा ५ चौका प्रहार गर्दै ३७ रन जोडेका हुन् । 

त्यस्तै क्विनटन डी ककले २७ बलमा समान दुई चौका र छक्का प्रार गर्दै ३५ रन जोडे । हार्दिक पाण्डयले ३२, कप्तान रोहित शर्माले ३० तथा सुर्य कुमार यादबले २६ रन बनाए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । यसजितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित दिल्ली तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।