शुक्रबार, चैत २७, २०८२

मेस्सी र काटिन्होको गोलमा बार्सा सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाईनलको दोस्रो लेगमा इंग्लिस क्ल म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।  

युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेगमा १-० जित निकालेको बार्सिलोनाले दोस्रो लेगमा ३-० को जित निकाल्दै समग्रतामा ४-० को जित सहित सेमिफाइनलमा प्रवेश गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे काउटिन्होले एक गोल गरे । खेलको १६ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि त्यको चार मिनेट नबित्दै कप्तान मेस्सीले व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० गोल अन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोाल गर्यो । 

६१ औं मिनेटमा काउटिन्होले गोल गर्दै बार्सिलोनाको जित सुनुश्चित गरे । अब बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।