काठमाडौं- आसिसी यु-१९ विश्वकप छनोट अन्तर्गत नेपाली यू-१९ क्रिकेट टोलीले आफ्नो चौथो खेलमा ओमानलाई १ सय ५० रनले पराजित गरेको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो ।
ओमानका लागि कुनै पनि खेलाडीले नेपाली खेलाडी सामु खुलेर मैदानमा खेल्न सकेनन् । नेपालविरुद्ध ओमानको सर्वाधिक १३ रन रह्यो । ओमानका लागि अमनप्रित सिराह र तन्नाले सर्वाधिक १३ रन जोडे । ओमानका तीन खेलाडीले ८ रन जोडेका थिए ।
ओमानलाई सस्तैमा समेट्न नेपालका लागि पवन सराफले ८ ओभरमा १० रन खर्च गर्दै तीन विकेट लिए । सुर्य तामाङ र प्रतिस जिसीले दुई दुई तथा कुसल मल्ल, कमल सिंह ऐरी र भिस सार्कीले समान एक एक विकेट लिए ।
यसअघि कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट अर्धसतकमा नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहितले ७५ रनको उत्कृष्ट अर्धसतकीय पारी खेलेका हुन् ।
उनले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको योगदान दिएका थिए । त्यस्तै प्रतिस जिसीले आक्रमक उत्कृष्ट ब्याटिङ गर्दै ४१ रन जोडे । उनले मात्र २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९, अभिषेक बस्नेत १५ र रित गौतमले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
ओमानका लागि जिल तन्ना, आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए । त्यस्तै यस मेहता र प्रथमेश कुम्बले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४