बुधबार, साउन २०, २०८३

बेन्जेमाको गोलले रियल हारबाट जोगियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- सोमबार राती भएको स्पेनिस ला लिग फुटबलमा करिम बेन्जेमाले गोल गरेपछि रियल मड्रिड हारबाट जोगिएको छ । पाहुना टोली रियलका लागि बेन्जेमाले गोल गरेपछि रियलले लेगानेससँग १-१ को बराबरी खेलेको हो ।

पहिलो हाफमा १-० गोल अन्तरले पछी परेको रियलका लागि बेन्जेमाले दोस्रो हाफमा एक गोल फर्काएका थिए । रियल पहिलो हाफको अन्तिम मिनेटमा खेलमा पछि परेको थियो । 

लेगानेसका जोनाथन सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमा १-० ले पछि परेको थियो । तर, दोस्रो हाफमा बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले खेलको ५१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । 

करिम बेन्जिमाले पछिल्ला चार खेलमा पाँच गोल गर्ने क्रममा रियलका लागि बराबरी गोल फर्काएका थिए । बराबरीसँगै रियलले ३२ खेलबाट ६१ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा यथावत छ । 

शीर्ष स्थानको बार्सिलोनाको ७४ अंक तथा दोस्रो स्थानको एट्लेटिकोको ६५ अंक छ । यता लेगानेस ४१ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।