शुक्रबार, चैत २७, २०८२

बेंगलोरमाथी मुम्बईको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।  सोमबार राती भएको खेलमा मुम्बईले बेंगलोरलाई ५ विकेटले पराजित गरेको हो । 

बेंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको  मुम्बईले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन जोडे । डी ककले २६ बलमा पाँच छक्का र दुई चौका प्रहार गरेका थिए । 

त्यस्तै पाण्डेले १६ बलको सामना गर्दै ५ चौका र दुई छक्का प्रहार गर्दै ३७ रन जोडेका थिए । सूर्यकुमार यादवले २३ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ जोडे । कप्तान रोहित शर्माले २८ र इशान किसनले २१ रन बनाए । बेंगलोरका लागि युजभेन्द्र चाहल र मोइन अलीले समान २-२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बेंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय पारी खेले । 

डी भिलियर्सले ५१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गर्दै उत्कृष्ट ७५ रनको अर्धसतकीय पाी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । त्यस्तै अलीले ३२ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए । 

पार्थिव पटेलले २८ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छ्न सकेका थिएनन् । बेंगलोरका चार खेलाडी शुन्य रनमा आउट भएका थिए । मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए । 

जितसँगै मुम्बई ८ खेलबाट १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बेंगलोर भने ८ खेलबाट २ अंक जोडेर पुछारमा यथावत रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।