सोमबार, असोज ८, २०८०

अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका रावल!

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको हो।
 |  शुक्रबार, भदौ ४, २०७८
averest bankaverest bank

भीम चौधरी

भीम चौधरी

शुक्रबार, भदौ ४, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको हो। 

sagarmatha cement

सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले गर्ने सहमति भएको छ। माओवादी उच्च स्रोतका अनुसार माओवादीबाट सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री त्रिलोचन भट्टले भदौ महिनाभित्र पदबाट राजीनामा दिनेछन्। त्यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक महिनाअघि नै मुख्यमन्त्री भट्टलाई पद छोड्न तयार हुन निर्देशन दिएका थिए। 

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकार गठनका लागि छलफल भइरहेको जानकारी दिए। मुख्यमन्त्रीको दाबेदार तपाईं हो भन्ने जिसामा उनले आफू पार्टी नेतृत्वको निर्देशनअनुसार अगाडि बढ्ने बताए। अब बन्ने सरकारमा कांग्रेससंगै माओवादी केन्द्र, जनता समाजवादी र माधवकुमार नेतृत्वको पार्टी सहभागी हुनेछ।

चौधरीले भने, ‘नेपाली कांग्रेसले एक ठाउँमा मात्र नेतृत्व पाएको छ। त्यसैले यहाँ नेपाली कांग्रेसले नेतृत्व पाउँछ।’ 

नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य वीरमान चौधरीको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ। स्रोतका अनुसार अध्यक्ष दाहालले वीरमानलाई आश्वस्त पारिसकेका छन्। चौधरीले पनि सरकार परिवर्तनबारे अनौपचारिक छलफल भइरहेको बताए। ‘औपचारिक निर्णय भएको छैन’, उनले भने, ‘यस विषयमा हामी अनौपचारिक छलफलमा छौं।’ गठबन्धनभित्रको समीकरणअनुसार अन्य प्रदेशमा माओवादी र अन्य दलले २/२ प्रदेशमा नेतृत्व गरेका छन्। चौधरीले भने, ‘नेपाली कांग्रेसले एक ठाउँमा मात्र नेतृत्व पाएको छ। त्यसैले यहाँ नेपाली कांग्रेसले नेतृत्व पाउँछ।’ 

प्रदेश १ र ३ मा नेकपा एकीकृत समाजवादी, प्रदेश २ मा जनता समाजवादी, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी केन्द्र तथा गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने चारदलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउन लागेको बताइएको छ।

सुदूरपश्चिममा यस्तो छ अंकगणित

प्रदेशसभामा हाल कायम रहेका ५२ जना प्रदेश सभा सदस्य छन्। गठबन्धनमा आबद्ध का्रग्रेसका १२, नेकपा माओवादी केन्द्रका १३ र जसपाका दुई जना सांसद छन्।

२७ जनाको संख्या सरकार गठनका लागि पर्याप्त हुने भएपछि केन्द्रमा रहेको चार दलीय गठबन्धन सुदूरपश्चिममा पनि कायम राख्दै नेकपा समाजवादी सरकारमा सहभागी हुने बताइएको छ। सुदूरपश्चिममा नेकपा एमालेका २५ जना प्रदेश सभा सदस्य रहेकोमा दुई जना भने माधव नेपाल नेतृत्वको पार्टीमा खुलेका छन्। 


प्रकाशित: Aug 20, 2021| 19:40 शुक्रबार, भदौ ४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।