बुधबार, साउन २०, २०८३

‘मेस्सी म्याराडोना पछि दोस्रो खेलाडी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनाका पुर्व मिडफिल्डर हेक्टर एन्रीक्युले बार्सिलोनाका कप्तान तथा सुपस्टार खेलाडी लियोनल मेस्सी अर्जेन्टिनी फुटबल इतिहासमा दोस्रो खेलाडी भएको बताएका छन् । उनले अर्जेन्टिनी अर्का स्टार खेलाडी म्याराडोना पछि दोस्रो खेलाडी भएको बताएका छन् । 

‘मेस्सी डिएको म्याराडोनाको स्तरमा कहिलै पुग्न सक्दैनन् ।’ १९८६ को विश्वकप विजेता हेक्टरले भने, ‘दुभाग्यवस मेस्सीले राष्ट्रिय टिममा एक कठिन समय बिताएका छन् । मलाई विश्वास छ की अर्को विश्वकप हामीसँग हुने छ ।’ 

उनले थपे, ‘तर मेस्सी कहिलेनी म्याराडोनाको स्तारमा पुग्न सक्दैनन् । हामी जे चान्छौ त्यो मेस्सीले खेल्न जरुरी छ । यदी उनी राष्ट्रिय टोलीमा आफ्नो लय दिन सक्दैनन् भने राम्रो होला की उनी टोलीमा नफर्किउन् ।’ 

मेस्सीले रुस विश्वकप पछि पहिलो पटक मैत्रिपुर्ण खेलाका लागी राष्ट्रिय टोलीमा फर्किएका थिए । किनकी उनलाई अर्जेन्टिनाले ब्राजिलमा आयोजना हुने कोपा अमेरिकाको तयारीका लागि अगाडी सारेको छ । 

मेस्सीले राष्ट्रिय टोलीका लागि १ सय २९ खेल खेल्दै ६५ गोल गरेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीले नौं पटक ला लिगाको उपाधि जितेका छन् । त्यस्तै चार पटक च्याम्पियन्स लिगसँगै थुप्रै विश्व रेकर्ड र ६ सय भन्दा बढी गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।