बुधबार, साउन २०, २०८३

युनाइटेडको जितमा पोग्बाको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा युनाईटेडले वेष्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाईटेडको जितका लागि पाउल पोग्बाले दुवै गोल गरे । पोग्बाले दुवै गोल पेनाल्टीमा गरेका हुन् । वेष्ट ह्यामका फिलिपे एण्डरसनले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा पोग्बाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

पहिलो हाफम १-० को अग्रता लिएको खेलको दोस्रो हाफमा युनाइटेडले थप एक गोल गर्दा एक गोल खाएको थियो । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा एण्डरसनले गोल गर्दै वेष्ट ह्यामलाई खेलमा फर्काए । 

तर, ८० औं मिनेटमा पोग्बाले पुनः पेनाल्टीमा व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए । जितसँगै युनाईटेडले ३३ खेलबाट ६४ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । पराजित वेष्ट ह्याम ४२ अंकसहित ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।