शुक्रबार, चैत २७, २०८२

रोनाल्डोबिनाको युभेन्टसको हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्स एसपीएलसँग पराजित भएको छ । इटालियन सिरी ए फुटबलमा शनिबार राती भएको खेलमा युभेन्ट्स एसपीएलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

पाहुना टोली युभेन्ट्सले एसपीएलविरुद्ध सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलके ३० औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, युभेन्ट्स दोस्रो हाफमा दुई गोल खान पुग्यो । दोस्रो हाफ सुरु भएके चार मिनेट नबित्दै युभेन्ट्सले बराबरी गोल खायो । खेलको ४९ औं मिनेटमा एसपीएलका केभिन बोनिफाजीले गोल गर्दै खेल बराबरीमा ल्याए । 

त्यसपछि खेलको ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै पाहुना टोली युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरे । पाजित भएपनि युभेन्ट्सले शीर्ष स्थान कायमै राखेको छ । 

युभेन्ट्सले दोस्रो स्थानको नेपोली भन्दा २० अंकको अग्रता बनाएको छ । युभेन्ट्सको ३२ खेलबाट ८४ अंक छ । युभेन्ट्सलाई हराएसँगै एसपीएल ३५ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।