शुक्रबार, चैत २७, २०८२

विराटको बेंगलोरको पहिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा किङ्स इलाभेन पन्जावलाई ८ विकेटले पाजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पन्जावले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बेंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय पारी खेले । कोहलीले ६७ रन जोडे । 

उनले ५३ बल खेल्दै ८ चौकाको मद्दतमा ६७ रन जोडेका हुन् । डी भिलियर्सले अविजित ५९ रन जोड्दा ३८ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै मार्कुस स्टोईनिसले अविजित २८ रन जोड्दा अक्षर पटेलले १९ रन जोडे । पन्जावका मोहमद सामी र रविचन्द्र आश्विनले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । पन्जावका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाए पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

उनले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रन जोडेका हुन् । लोकेस राहुल र मन्दिप सिंहले समान १८-१८ रन जोड्दा मायांक अग्रवाल र सफ्र्राज खानले १५-१५ रन जोडे । बेंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।