आइतबार, चैत २९, २०८२

विमलले माल्दिभ्सको टिसी स्पोर्टसमा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका स्ट्राइकार विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजन क्लब ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्टसमा अनुबन्ध भएका छन् । केहि महिनाअघि मात्र युरोपका फुटबल क्लबमा ट्रायल दिएर फर्केका विमललाई टिसीसँग यस सिजनका लागि अनुबन्ध गरेका हुन् ।
 
गल बर्ष लिग च्याम्यिन्स समेत रहेको टिसीले नेपाली राष्ट्रिय टोलीका स्टार गोलरक्षक किरण चेम्जोङलाई यसअधि नै पुनः अनुबन्ध गरेको थियो । किरण पुनः क्लबमा अनुबन्ध गरेको केही दिनमा नै टिसीले अर्को नेपाली स्ट्राइकर विमललाई अनुबन्ध गरेको हो ।  

सन् २०१२ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका विमलले राष्ट्रिय टोलीका लागि २६ खेल खेल्दै ९ गोल गरेका छन् । सन् २०१५ मा भएको नेपाल राष्ट्रिय लिगका लागि सुदुर पश्चिम-११ बट खेल्दै व्यवसाहिक फुटबल जिवन सुरु गरेका थिए । 

उनले राष्ट्रिउ लिगका ७ खेलमा ४ गोल गरेका थिए । उनले नेपाली व्यवसाहिक क्लब थी-स्टार र च्यासल युथ क्लबबाट सकेत खेले । विमलले च्यासलबाट सहिद स्मारक ए डिभिजन लिगका ५ दखेलमा ४ गोल गरेका थिए । 

विमलले यसअघि भारतको मोहन बगानबाट भारतको शीर्ष डिभिजनको आई-लिग समेत खेले । उनले मोहन बगानबाट २०१७-१८ को सिजनका तीन खेल खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।