शुक्रबार, चैत २७, २०८२

टेबलटेनिस : श्यान्टु र नविता सिंगल्स च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके- आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका  थिए । 

दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले आफ्नै क्लबका प्रदीप रोकालाई ११-१, ११-५, ११-६ र ११-५ को सोझो सेटमा पराजित गरे । शनिबारै भएको सेमिफाइनलमा श्यान्टुले एपीएफका शिवसुन्दर गोथेलाई ४-० तथा प्रदीपले एपीएफका विलोश श्रेष्ठलाई ४-२ ले हराउदै उपाधि भिडन्त पक्का गरे थिए । पराजयसंगै शिव र विलोशले तेश्रो स्थानमा रहे ।

महिला उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई ११-७, ११-५, ७-११, ११-९, ९-११ र १२-१० को सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङले तेश्रो स्थानमा चित्त बुझाए । सेमिफाइनलमा नविताले दीक्षालाई ४-० तथा एलिनाले रविनालाई ४-२ ले निराश पारेका थिए ।

विजेतालाई प्रदेश सांसद अमर डाँगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (आर्मी-प्रहरी-एपीएफ) बाट १ सय ६० खेलाडी सहभागी थिए । विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।