शुक्रबार, चैत २७, २०८२

स्क्वास : अमृत च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका  अमृत थापा मगर च्याम्पियन बनेका छन् । ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११-५, ३-११, ११-७ र ११-४ को सेटमा पराजित गरे । 

सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए । प्रदेश ३ का राजेन्द्र शाक्य तथा प्रदेश २ का दीपक थापाले कांस्य जिते । महिला सिंगल्सको राउन्ड रोविनमा प्रदेश ३ की भावना सुनुवारले लगातार चौथो जित हात पारेकी छन् । भावनाले आफ्नै प्रदेशकी विपना ब्लोनलाई ११-७, १३-११ र १२-१० ले हराइन् । ६ खेलाडी सहभागी महिलामा अब भावनाले १ खेल खेल्न बाँकी छ ।

अन्य खेलमा गण्डकीकी कृष्णा थापाले प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११-७, ११-९ र ११-८ तथा प्रदेश ३ की मन्जिला मगरले गण्डकी सालिनी घिमिरेलाई ११-३, ११-२ र ११-३ को सोझो सेटमा पन्छाए । पुरुष टिममा एपीएफले प्रदेश २ लाई ३-० तथा प्रदेश १ ले प्रहरीलाई २-१ ले निराश पारे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।