शुक्रबार, चैत २७, २०८२

लनटेनिस : दिदीभाइलाई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । 

शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३-६, ६-४, १०-७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए ।

पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीलाई ६-३, ६-३ तथा एपीएफका इभान हो लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६-२, ६-२ को सेट हराउदै फाइनलमा स्थान बनाए ।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६-४, ६-१ तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडीले प्रदेश ४ का श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीलाई ६-०, ६-० को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरे । प्रतियोगिताअन्तर्गत आइतबार पुरुष÷महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।