शुक्रबार, चैत २७, २०८२

पिएसजीप्रति नेयमारको निर्णय के?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार पछिल्लो समय चोटका कारण मैदानमा देखीएका छैनन् । कतिले उनी यस सिजनको अन्त्यमा अन्तै क्लब जान चाहेको खबर बाहिर्याएका छन् भने कतीले उनी पिएसजीमै रहने बताएका छन् । 

पछिल्लो समय नेयमार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान नजरमा रहेको बताइएको छ । रियलमा अनुबन्ध भएपछि जिदानले क्लबमा केही खेलाडी भित्र्याउने योजनाको लिस्टमा नेयमार पनि रहेको खुलासा भएको थियो । उनी पुन स्पेन फर्किन सक्ने रियलले एक विकल्पको रुपमा हेरेको छ ।  

तर, उनका बुबाले भने नेयमार पिएसजी छोडेर अन्य क्लबमा नजाने बताएका छन् । ‘नेयमार पिएसजी छोड्न चाहन्न् । किनकी हामी भरखर दोस्रो सिजनमा छौ र हाम्रो पिएसजीसँग लामो सम्झौता छ ।’ 

नेयमारका बुबाले भने, ‘उनले दुई बर्ष अगाडी पिएसजीमा जान चाहेका थिए र उनी पिएसजीमा रहेर लगातार क्लबका लागि उपाधि जित्न चाहन्छन् ।’ नेयमारले केलियन एमबाप्पे, एडिसन कभानी र एन्जल डि मारीसँगका एक अट्रयाकरको भुमिका निभाएका छन् । उनीसँग क्लबलाई उपाधि जिताउन सक्ने अझै क्षमता छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।