एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत आज (शनिबार) शीर्ष स्थानको बार्सिलोनाले अंक तालिकाको पुछारमा रहेको हुएस्काविरुद्ध खेल्दै छ । खेल हुएस्काको घरेलु मैदान स्टाडियो एल अल्कोराजमा नेपाली समय अनुसार साँझ ८ बजे सुरु हुने छ ।
जारी सिजनको उपाधि दाबेदार बनेको बार्सिलोना हुएस्कालाई पराजित गर्दै आफ्नो उपाधि यात्रा बलियो बनाउन चाहन्छ । यता रेलिगेसन जोनमा रहेको हुएस्का अबका खेलमा जित निकाल्दै रेलिगेसनबाट बच्न चाहन्छ ।
त्यसैले हुएस्का आजको खेलमा बार्सिलोनालाई पराजित गर्न चाहन्छ । बार्सिलोनाले आजको खेलमा आफ्ना पहिलो रोजाइका ६ जसो खेलाडीलाई विश्राम दिएको छ । जहाँ हुएस्काले मौकाको फाइदा उठाउँदै घरेलु मैदानमा जित निकाल्ने लक्ष्यमा हुने छ ।
बार्सिलोनाले कप्तान लियोनल मेसी, लुइस सुआरेज, जेरार्ड पिके, सर्जी रोबर्टो, सर्जियो बुस्केट्स र इभान राकीटिचले हुएस्काविरुद्ध खेल्ने टोलीमा स्थान बनाएका छैनन् । पिके र सुआरेज भने प्रतिबन्धमा परेका छन् । पहिलो रोजाईका खेलाडी केही प्रतिबन्ध, केही चोट ग्रस्त र कसैलाई विश्राम आवस्यक भएकाले प्रशिक्षक भालभर्डेले यस्तो निर्णय लिएको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४