एजेन्सी- स्पेनिस ला लिगा क्लब रियल मड्रिडले आफ्ना विंगर ग्यारेथ बेलललाई बेच्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानएकोछ । क्लबले बेललाई यस सिजनको अन्त्यका लागि अर्को क्लब चुन्न समेत आग्रह गरेको बताइएको छ ।
रियलले अन्तर्राष्ट्रिय एजेन्टसँग बैठक गर्दै बेल अर्को सिजनका लागि नव नियुक्त प्रशिक्षक जिनेदिन जिदानको योजनामा नभएको जनाइएको छ । सम्मान र कृतज्ञतामा साथ आफ्ना खलाडीलाई अर्को क्लब छान्न रियलले आग्रह गरेको छ ।
तर, बेलका एक एजेन्टले मड्रिडका लागि तयार भएका एक खेलाडीको प्रस्थानलाई खारेज गरि दिएको छ । उनले टोटनहाम हट्सपरका स्टार खेलाडी रियलका लागि प्रतिबँध भएको भन्दै अनुबन्ध खारेज गरेको बताइएको छ ।
२९ बर्षीय बेबलका लागि रियलले १ सय १३ मिलियन पाउण्ड तोकेको छ । बेलका लागि म्यानचेस्टर युनाइटेड र बार्यन म्युनिख इच्छुक रहेका छन् । र रियल युनाइटेडका पाउल पोग्वाबा लागि इच्छुक भएको जनाइएको छ ।
बेलले २०१३ मा टोटनहामबाट रियलमा अनुबन्ध भएका थिए । उनले हाल सम्म रियलका लागि २ सय २७ खेलमा १ सय २ गोल गरेका छन् । उनले जारी सिजनका सबै खाले ३८ खेलमा १४ गाले गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४