एजेन्सी- स्पेनिस तथा एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध लगाएकोछ । खेल दौरान कोस्टले रेफ्रीलाई अपमान जन व्यबहार गरेको भन्दै ८ खेलको प्रतिबन्ध लगाएको हो ।
शनिबार स्पेनिस ला लिगामा बार्सिलोनासँग भएको खेलमा कोस्टालाई रातो देखाइएको थियो । जुन खेल एट्लेटिकोले बार्सिलोनासँग २-० गोल अन्तरले पराजित भएको थियो ।
सोही हारका बाबजुद एट्लेटिकोको लिग उपाधि जित्ने आसा कमजोर भएको थियो । रेफ्री गिल मान्जानोले खेल दौरान भएको फाउललाई बेवास्ता गरेको भन्दै कोस्टाले रेफ्रीको अपमान गरेको आरोप छ ।
रेफ्रीले रातो कार्ड देखाए पछि आक्रोसित बनेका कोस्टाले बारम्बार रेफ्री नजिक पुग्दै आफ्नो गल्ती बिना रातो कार्ड देखाएको बताइरहेको जनाइएकोछ । त्यसै क्रममा कोस्टाले रेफ्रीको हात समातेको र दुबै टोलीका खेलाडीले उनलाई रोकेका थिए ।
यससँगै उनले यस सिजनको ला लिगाका बाँकी सबै खेल गुमाउने भएका छन् । एट्लेटिकोले ला लिगामा अब मात्र ७ खेल खेल्न बाँकी छ । लामो समय इन्जुरीका कारण मैदान बाहिर रहदै आएका कोस्टा प्रतिबन्धका कारण पुनः मैदान बाहिरिएका छन् । उनले जारी सिजनका सबै खाले १९ खेलमा ४ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४