काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट खेल्ने भएको छ । नेपालले एसिया छनोटमा दोस्रो चरणबाट सहभागिता जनाउने छ ।
नेपालले पहिलो पटक सोझै विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश पाएको हो । फिफा वरियता अनुसार एसियका शीर्ष ३४ राष्ट्रले सोझै दोस्रो चरणमा प्रवेश पाएका हुन् ।
एसियाका शीर्ष ३५ देखी ४६ वरियता सम्मका राष्ट्रले पहिलो चरणको छनोट खेल खेल्ने छन् । एशियन छनोट अन्तर्गत पहिलो चरणको खेलहरु जुन ६ तारिख देखी सुरु हुनेछ ।
सन् १९८६ को संस्करण देखी विश्वकपको छनोट खेल्न सुरु गरेको नेपालले हाल सम्म सात संस्करणको विश्वकपका लागि छनोट खेल खेलेको । नेपालको यो आठौं विश्वकप छनोट खेल हो ।
रुस विश्वकप २०१८ का लागि भएको छनोट चरणमा नेपाल पहिलो चरणबाटै बाहिरीएको थियो । छनोटका दुई खेल खेलेको नेपालले पहिलो खेलमा भारतसँग २-० गोल अन्तरले पराजित भएको थियो भने भारतसँगै भएको दोस्रो खेलमा गोल रहित बराबरी खेलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४