बुधबार, साउन २०, २०८३

चेल्सीको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बिहीबार राती भएको युरोपा लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा चेल्सीले संघर्षपुर्ण जित निकालेको छ । स्लाभिया प्रागको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १-० गोलको संघर्षपूर्ण जित निकालेको हो । 

पाहुना टोलीको चेल्सीको जितका लागि खेलको एक मात्र निर्णायक गोल एलान्सोले गरे । चेल्सीले खेलमा गोल गर्न निकै समय कुर्नु परेको थियो । पहिलो हाफमा गोलरहीत बराबरी हुँदमा सकिएको थियो । 

चेल्सीले दोस्रो हाफको अन्तीम मिनेटमा गोल गर्दै जित निकालेको हो । लामो समयको पर्खाई पछि खेलको ८६ औं मिनेटमा एलान्सोको गोलमा चेल्सी विजयी भयो । उक्त खेलमा पछिल्लो समय रियल जाने चर्चामा रहेको मुख्य खेलाडी ईडेन हजार्ड बेन्चमा रहेका थिए । 

यस जितसँगै चेल्सीले सेमिफाइनलमा पुग्ने संम्भावना बलियो बनाएको छ । अब आफ्नो दोस्रो लेग १८ अप्रिलमा चेल्सीको घरेलु मैदानमा खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।