शुक्रबार, चैत २७, २०८२

चेन्नईको जितसँगै धोनीको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले कीर्तिमान बनाए पछि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । बिहीबार राती भएको खेलमा राजिस्थान रोयल्समाथि रोमान्चक जित निकाल्ने क्रममा धोनीले नयाँ कीर्तिमान बनाएका हुन् । उनी आइपिएलको इतिहासमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् ।  

चेन्नाईले लिगको शीर्ष स्थनमा रहदै राजस्थानलाई ४ विकेटले पराजित गरेको थियो । राजस्थानले दिएको १ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । चेन्नईको जितका लागि कप्तान धोनी र अम्बानी रायडुले खर्धसतकीय पारी खेले । 

धोनीले ४३ बलको सामना गर्दै दुई चौका र तीन छक्का प्रहार गर्दै ५८ रन जोडे । त्यस्तै रायडुले ४७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ५७ रन जोडे । मिचिल सेन्टनर १० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । 

राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए । यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो । 

राजस्थानका लागि कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । बेन स्टकले जोडेको २८ रन नै राजस्थानको सर्वाधिक रन हो । त्यस्तै जस बुट्लरले २३, श्रेयस गोपालले १९, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, रियान पराग १६, जोफ्रा आर्चर १३ र राहुल त्रिपाठ्ठीले १० रन जोडे । चेन्नईका लागि रविन्द्र जडेजा, सार्दुल ठाकुर, दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।