काठमाडौं- प्रदेश नं. ५ मा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबार भएको खेलमा ११ स्वर्ण पदकको टुङ्गो लागेको छ । प्रतियोगिताका दुई स्वर्ण टेलब टेनिसमा टुङ्गो लागेका हुन् भने दुई स्वर्ण लनटेसि र ७ स्वर्ण कुस्तीमा रहेका हुन् ।
जारी प्रतियोगिताको पहिलो स्वर्ण भने नेपाल पुलिस क्लबले जितेको हो । ११ स्वर्णमा पुलिसले दुई स्वर्ण जितेको छ भने आर्मीले ५ र एपिएफले एक स्वर्ण जितेका छन् । त्यस्तै प्रदेश नं. ७ ले तीन स्वर्ण जितेकोत्यस्तै प्रदेश नं. ७ ले तीन स्वर्ण जितेको छ ।
टेबल टेनिसका दुई स्वर्ण पुलिसले जितेको हो । महिला टिम इभेन्ट र महिला डबल्स गरी पुलिसले दुई स्वर्ण जितेको छ । त्यस्तै बिहीबार नै भएको लन टेनिसमा दुई स्वर्णको टुगो लाग्दा आर्मी र एपिएफले एक एक जिते । टिम ईभेन्ट तर्फको खेलमा आर्मी र एपिएफ क्लबले १-१ स्वर्ण हात पारेका हुन् । टिम ईभेन्टतर्फको महिला तर्फ आर्मीले जितेको हो भने पुरुष तर्फको उपाधि एपिएफले जितेको हो ।
प्रदेश नं. ७ ले कुस्तीमा तीन स्वर्ण हाता पार्न सफल भएको छ । प्रदेश ७ का मनिषा सिहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन । यस समूहमा सेनाकी लक्ष्मी तामाङ्खले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन् ।
यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए । ५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन् । यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो ।
५७ केजीमा सेनाकी कल्पना बि.क.ले स्वर्ण हात पारिन् । दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन् । यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४