आइतबार, चैत २९, २०८२

बास्केटबल : विभागीय टिमको जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँकें- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम प्रहरी, एपीएफ, आर्मीले बिहीबार विजयी सुरुआत गरेका छन् । प्रहरीले कर्णाली प्रदेशलाई ९३-२९, एपीएफले प्रदेश ५ लाई ७४-४० र आर्मीले गण्डकी प्रदेशलाई ७८-३६ ले पराजित गरे । 

घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई ६५-२१ ले हरायो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले एक कार्यक्रमबीच उद्घाटन गरे । सचिव देवकोटाले खेल क्षेत्रको विकासले युवाहरुलाई हौसला सँगै देशको पहिचान बढाउने काम गरेको बताए ।

 देशको गौरवका रुपमा रहेको खेल क्षेत्रको विकासका लागि राज्यले खेल क्षेत्रमा लगानी बढाउदै गएको बताए । खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढेपनि पर्याप्त पूर्वाधार नहुदाँ खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्ने अवस्था रहेको भन्दै खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताए । उनले आठौँ राष्ट्रिय बास्केटबललाई देशको गौरवका रुपमा लिदै खेलाडीहरुलाई अनुशासित रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । १५ औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । महिलामा ८ टिम सहभागी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।