बुधबार, साउन २०, २०८३

नेयमारले आफै पछुताउने निर्णय के गरे?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- नेयमारले लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का लागि बार्सिलोना छोडेकोमा पश्चाताप भएको उनका पुर्व टिम सहकर्मी आड्रियानोले बताएका छन् । अन्तराष्ट्रिय मिडियासाग कुरा गर्दै आड्रियानोले आफुले नेयमारसँग तीन हप्ता पहिले यस बिषयमा वार्तालाप गरेको बताएका छन् । 

‘मैले तीन हप्ता पहिले नेयमारसँग कुरा गरेको छु । जो नाउ क्याम्प छोड्ने आफ्नो निर्णय प्रती पश्चातापमा छन् ।’ आड्रियानोले भने, ‘हरेक कोही बार्सिलोनासँग खेल्न चाहन्छन् । तर, नेयमारले बार्सिलोना छोड्दै पिएसजी पुगे । त्यसैले उनी धेरै भन्दा धेरै पश्चातापमा छन् ।’

बर्सिलोनामा तीन सिजन बिताएका नेयमारले बार्सिलोनाका लागि सबै खाले १ सय ८६ खेल खेलेका थिए । जहाँ उनले १ सय ५ गोल समेत गरेका थिए । नेयमारले पिएसजीमा ५३ खेल खेल्दा ४८ गोल गरेका छन् । 

उनले जारी सिजनको लिग वानका १३ खेलमा १३ गाेल गरेका छन् । जुन रेसियो बार्सिलोना भन्दा अधिक हो । तर, पनि उनले आफ्नो निणैय प्रति पश्चाताप भएको बताइएको छ ।  गत सिजन उनले २० पिएसजीका लागि सबै खाले ३० खेलमा २८ गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।