काडमाठौं- प्रदेश नं. ५ मा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका सुरुवाती दुई स्वर्ण नेपाल पुलिसले हात पारेको छ । बिहिबार भएको टेबलटेनिस खेलमा पुलिसले दुई स्वर्ण जित्दै आठौंमा सुरुवाती दुई स्वर्ण जित्ने पहिलो टोली बनेको हो ।
पुलिसले महिला तर्फको टिम इभेन्ट र डबल्समा स्वर्ण जितेको हो । टिम इभेन्टसमा पुलिसले एपीएफलाई ३-१ को सेटमा हरायो । पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३-२ ले हराउँदा नविता श्रेष्ठले अनिता महर्जनलाई ३-० ले हराइन् ।
त्यस्तै अर्को सिंगल्समा एपिएफकी सिक्का सुवालले पुलिसकी मन्जु सुवाललाई ३-१ ले हराए पनि अन्तिम खेलमा नविताले सेलिषालाई ३-१ ले पराजित गर्दै समग्रमा पुलिसको जित सुनिश्चित गरेको हो । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेस्रो भए ।
त्यस्तै दाङको घोराहीमा भएको महिला डबल्सको फाईनलमा पुलिसकी नविता र एलिनाको जोडीले आर्मीको स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११-८, ११-७ र ११-८ को सोझो सेटमा पराजित गरे । प्रदेश ५ की गिता अर्याल र अमृता थापा तथा एपिएफकी सेलिशा र सिक्काको जोडी तेस्रो बने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४